रोनाल्डो बिनाको खेलमा युभेन्टसमाथि बार्सिलोनाको सहज जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ । गएराति युभेन्टसको घरेलु मैदानमा सम्पन्न समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २-० ले हराएको हो ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका थिए । डेम्बेलेले खेलको १४औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए भने मेसीले खेलको ९१औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो । रोनाल्डोले आफु स्वास्थ्य रहेपनि पिसिआरका कारण खेल्न नपाएको भन्दै असन्तुष्टि समेत जनाएका थिए । स्वास्थ्य प्रोटोकल अनुसार कोरोना संक्रमित खेलाडी खेलको २४ घण्टाअघि पिसिआर परिक्षण निगेटिभ आउनु आवश्यक हुन्छ ।त्यस्तै यस खेललाई बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टमेउको राजीनामा पछिको उत्कृष्ट सुरुवातको खेलका रुपमा समेत लिइएको छ । यस जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया