अब कोभिड-१९ प्रेस ब्रिफिङ सातामा दुई दिन मात्र हुने

काठमाडौं । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सातामा दुई दिन (आइतबार र बुधबार) मात्र प्रेस ब्रिफिङ गर्ने भएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए । उनका अनुसार अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइनेछ ।

सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो ।

प्रतिक्रिया