एक महिनाका लागि सर्‍यो नेकपाको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । यसअघि कात्तिक १५ गते देखि १७ गतेसम्मका लागि तोकिएको बैठक एक महिनापछि सारिएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटी बैठक स्थगित भएको जानकारी दिएका छन् । अब केन्द्रीय कमिटीको बैठक मङ्सिर १५ देखि १७ गतेसम्म हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया