प्रदेश १ मा ५३ प्रतिशत कोरोनामुक्त, कति छन् संक्रिय संक्रमित ?

विराटनगर । प्रदेश १ मा कुल संक्रमितमध्ये ५३ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन् । ८ हजार ७३ जना संक्रिय संक्रमित रहेकोमा ७ हजार ४११ संक्रमित होम आइसोलेसन र २७९ जना आइसोलसन केन्द्रहरुमारहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २८ जना आईसीयूमा, १२ जना भेन्टिलेटरमा र ३६ जना होटल आइसोलेसनमा छन् । मंगलबारसम्ममा प्रदेश १ मा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६९४ पुगेको छ भने ९ हजार ४६६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ को मोरङमा ८ हजार ४२६ कोरोना संक्रमित छन् । मोरङमा सबैभन्दा बढी संक्रमित संख्या हो । संक्रमितमध्ये ४ हजार ७४७ डिस्चार्ज भएका छन् ।

सुनसरीमा ५ हजार ९५८ संक्रमतिमध्ये २ हजार ८०१, झापामा १ हजार ८८८ संक्रमण भएका मध्ये १ हजार ३९, उदयपुरमा २८७ मध्ये १७६, इलाममा १८१ मध्ये १०५, संखुवासभामा १५३ मध्ये ८४ जना डिस्चार्ज भएका छन् ।

धनकुटामा ९५ मध्ये ६०, तेह्रथुममा ५५ मध्ये ३४, खोटाङमा ५१ मध्ये ३६, भोजपुरमा ४८ मध्ये ३६, पाँचथरमा ३८ मध्ये ३३, ताप्लेजुङमा ३५ मध्ये २४, ओखलढुङ्गामा ३५ मध्ये ३१, सोलुखुम्वुमा १७ मध्ये ९ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनसार प्रदेश १ बाहिरका ४२७ जना संक्रमित भएका छन् । कोरोना संक्रमणबाट १७५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ महिला र १२३ पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङमा ७०, सुनसरीमा ६३, झापामा १९, उदयपुर र तेह्रथुममा २-२, धनकुटा, इलाम, ताप्लेजुङमा १-१ जनाको मृत्यु भएको छ । प्रदेश १ बाहिरका १६ जनाको उपचारका क्रममा धरान र विराटनगरमा मृत्यु भएको छ ।

प्रदेश १ मा १ लाख ५५ हजार २८५ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरेका मध्ये ११।३९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया