बार्सिलोना अध्यक्ष बार्टोमेउले दिए राजीनामा

काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले राजीनामा दिएका छन् । पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब खेपिरहेका उनले मंगलबार राजीनामा गरेका हुन् ।

सन् २०१४ मा अध्यक्ष बनेका उनीमाथि राजीनामाको दबाब बढ्दै गएको थियो । लियोनल मेस्सीलेसमेत अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरेपछि उनको राजीनामा आएको हो । मेस्सी र अध्यक्ष बर्टोमेउको सम्बन्ध तनावपूर्ण हुँदा क्लबको प्रदर्शन राम्रो हुन नसकेको आरोप लाग्दै आएको थियो ।

उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् । लामो समय बार्सिलोनाका अध्यक्ष बनेका बार्टोमेउकै नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । एजेन्सी

प्रतिक्रिया