गेल चम्किएपछि कोलकत्तामाथि पञ्जाबको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सोमबार साँझको खेलमा किङ्स इलाभेन पञ्जाब विजयी भएको छ । युएईको सारजहा मैदानमा भएकोको खेलमा कोलकाता नाइट राइडसमाथि पञ्जाब ८ विकेटले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १५० रनको लक्ष्य पञ्जाबले १८ ओभरमा भेटेको हो । लक्ष्य भेट्न पञ्जाबले १८ ओभर ५ बलमा २ विकेट गुमाएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको कोलकोत्ताले ९ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

पन्जाबको जितमा क्रिस गेल चम्किए । गेलले २९ बलमा ५१ रन बनाए । उनले आईपीएलमा पन्जाबका लागि १ हजार रन समेत पूरा गरेका छन् । उनी प्लेयर अफ दि म्याचसमेत बनेका छन् । त्यसैगरी पञ्जाबका लागि मन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । उनले अविजित ६६ रन बनाएका हुन् । कप्तान केएल राहुलले २८ रन जोडे । कोलकाताका लक्की फर्गुसन र वरुण चक्रवर्तीले १ १ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको कोलकाताका लागि शुवमन गिलले ५७ रन र कप्तान इयान मोर्गनले ४० बनाउँदै ८१ रनको साझेदारी गरे ।​ कोलकत्ताको इनिङ्स धराप पार्न पन्जाबका मोहमद शामी, रबि बिश्नोई र क्रिस जोर्डनले २र२ विकेट लिए भने ग्लेन म्याक्स्वेल र मुरुगान आश्विनले १र१ विकेट लिए ।

जितसँगै १२ अंक जोडेर पञ्जाब आईपीएल अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने १२ अंक नै भएपनि रनरेटका आधारमा कोलकोत्ता पाँचौ स्थानमा झारेको छ । –एजेन्सी

प्रतिक्रिया