प्रधानमन्त्री ओलीले लगाएनन् दसैँको टीका

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने यस वर्ष विजया दशमीको दिन टीका लगाएनन् ।

बुबा मोहनप्रसाद ओली झापामा भएकाले उनले यस वर्ष टीका लगाउन नपाएका हुन् । भने, प्रधानमन्त्री निवास वालुवाटारमा उनले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिएका हुन् ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

प्रतिक्रिया