मुम्बई इन्डियन्समाथि राजस्थानको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)उपाधि दाबेदार मुम्बई इन्डियन्समाथि राजस्थान रोयल्सले शानदार जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा मुम्बईले दिएको १९६ रनको विशाल लक्ष्यलाई १८ ओभरमा पूरा गर्दै राजस्थानले ८ विकेटको जित दर्ता गरेको हो । राजस्थानले १८ ओभर २ बलमा २ विकेट मात्र गुमाएर १९६ रनको लक्ष्य भेटेको हो ।

पराजित भए पनि मुम्बई अंक तालिकाको शीर्ष स्थानमा छ । उसले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंङलोरसँग अंक बाँढेको छ । शीर्ष स्थानमा रहेका तीन टिमको समान १४-१४ अंक भए पनि रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमै छ ।

मुम्बईलाई पराजित गर्दै राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार खाएको राजस्थान १० अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ ।

त्यसैगरी गएराति नै भएको खेलमा चेन्नेई सुपर किंग्सले रोयल च्यालेञ्जर्स बैंगलोरलाई ८ विकेटले हराएको छ । दुबई क्रिकेट मैदानमा बैंगलोरले दिएको १४६ रनको लक्ष चेन्नेईले १८ ओभर चार बलमा दुई विकेट गुमाएर पुरा गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ भने चेन्नई पुछारमा छ ।

प्रतिक्रिया