राज्यको नजरमा पर्न नसकेको झोर आन्तरिक पर्यटकको रोजाईमा पर्दै (फोटो फिचर)

काठमाडौं । शिवपुरी आरक्षको काखमा टोखा छहरे बाटो हुँदै करीब ७ किलोमिटर गुडेपछी राजमार्गबाट बहुडेखोला किनार बौडेस्बर झरना पर्दछ ।

धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको यो क्षेत्र पछिल्लो समय राजधानीलाई नियाल्ने र त्यहाँ अवस्थित झरनाको चिसो पानीमा डुबुल्की लगाउनेहरुका लागि आकर्षक पर्यटकीय स्थलका रुपमा विकसित हुँदै गएको छ ।

केही वर्षयता झोर जानेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । राजधानीको भागदौडको जिवनबाट फुर्सद मिलाएर शान्त तथा हरियाली वातावरणमा कंक्रिटको शहर काठमाडौं नियाल्नेहरुका लागि झोर प्रमुख गन्तब्य हो ।

यहाँबाट काठमाडौं उपत्यकाको चारै दिशा अवलोकन गर्न सकिन्छ । दिउसो राजधानीका गगनचुम्बी महलहरु नियाली रहँदा रात र साँझमा यहाँबाट राजधानीको झिलिमिली हेर्नुको रमाइलो अन्तबाट पाउन मुस्किल छ ।

यहाँ झरनामा नुहाउनु शिवपुरी नेशनल पार्कको अवलोकन गर्दै बौडेस्बर गुफा कुण्ड पाईला बिचित्र ढुङ्गा हेर्न पाइन्छ ।

हाल यस क्षेत्रमा खाजा घर खुलेपनि होम स्टेको सुरुवात भने भएको छैन । स्थानीय निकायले यो क्षेत्रको पर्यटनलाई व्यवस्थित गर्दै होम स्टे सञ्चालन गर्ने हो भने, आन्तरिक पर्यटकले यो क्षेत्रको विकास र संबर्द्धन ठूलो टेवा मिल्नेछ । तथापि, टोखा नगरपालिकाको पर्यटन समितिले अहिले सम्म कुनै चासो देखाएको पाईदैन ।

यस क्षेत्रमा होम स्टे सञ्चालन गर्न सके पर्यटकलाई झोर क्षेत्रमा उब्जाएको खाना, ताजा तरकारी,दुध, मासु , ढिडो–गुन्द्रुक भुईस्याउ, उसिनेको आलु, टमाटरको अचार, कोदोको जाँड लोकल रक्सी खुवाएर यहाँका स्थानीय जनताले आफ्नो आर्थिक स्थिति बलियो बनाउन सक्थे ।

राजधानीबाट मात्र ७ किलोमिटरमा अवस्थित झोर क्षेत्रको विकास। संरक्षण विस्तार गर्न जरुरी छ ।

हेर्नुहोस थप तस्विरहरुः

 

       

प्रतिक्रिया