नेकपा धरान ईन्चार्ज कोरोना संक्रमण मुक्त

धरान । कोरोना संक्रमण तिव्ररुपमा फैलिएको धरानमा संक्रमण नियन्त्रणका लागि खटिरहेका सर्वसाधारण सँगै जनप्रतिनिधि, पत्रकार, स्वास्थ्कर्मी, नेताहरु, सुरक्षाकर्मी समेत धमाधम संक्रमित भएका छन् ।

पछिल्लो चरण वीपी कोभिड अस्पतालमा भेन्टिलेटर विग्रिएपछि समस्या समाधान गर्न समेत सक्रिय नेकपा धरान ईन्चार्ज चोत्लुङ समेत कोरोना संक्रमित भएका थिए ।

असोज २५ गते समान्य टाउको र जिउ दुख्ने भई स्वाब दिएका ईन्चार्ज चोत्लुङको रिपोर्ट पोजेटिभ आएको थियो । उनको सम्पर्कमा रहेका नेकपा ३ नं. सचिव मिक्मा भोटे, पत्रकार भरतराज शर्मा (गोपाल), धन लिम्बु समेतको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि आफ्नै क्वाटरमा आईसोलेसन बनाएर ४ जना साथीहरू सहित बसेका नेकपा धरान ईन्चार्ज चोत्लुङको भने १४ दिनपछि रिपोर्ट नेगेटिभ आएको छ । भने उनीसँगै नेकपा ३ नं. सचिव मिक्मा भोटे पनि कोरोना नेगेटिभ भएपछि काममा फर्किएका छन् ।

उनका अनुसार आईसोलेसनमा रहेका २ साथीहरु थप केही दिनपछि नियमित काममा फर्किने छन् । आफ्नो क्वाटरलाई आईसोलेसन बनाएर साथीहरु सहित बस्ने ईन्चार्ज चोत्लुङको कार्य सकारात्मक र प्रेरणादायी भएको सचिव मिङमा भोटेले बताए ।

नियमित काममा फर्कदै नेकपा ईन्चार्ज चोत्लुङले महामारी नियन्त्रणका लागि हरेक घरमा आईसोलेसन बनाउन अनुरोध गरेका छन् । उनले सामाजिक दुरी कायम गरी स्वास्थ्य प्रोटोकल अपनाएर आइसोलेसनमा बसे कोरोनालाई जित्न सक्ने बताएका छन् ।

प्रतिक्रिया