प्रदेशसभा सदस्यहरुको दशैं घरमैः भन्छन्- ‘परिवारसँगै बसेर चाडपर्व बनाऔं’

विराटनगर । नेपालीहरुको महान चाँड बडा दशै घर आँगनमा भित्रिसकेको छ । तर गत वर्ष झैं यो वर्षको दशैँको रमझम उल्लासले भरिएको छैन ।

दशै मनाउन शहरबाट गाउँ जाने भीडभाड पनि सधैँको वर्ष भन्दा कम छ । नयाँ कपडाको किनमेलसँगै दशैँका लागि आवश्यक सामानको व्यवस्थापनका लागि जुट्न सर्वसाधरणको भिड गत वर्षको तुलनामा घटेको छ । सधै राजनीतिक कार्यक्रम, बैठक, सभा सम्मेलनहरु बन्द छन् ।

विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कतिपयले आफु जुना स्थानमा छौ, सोहि स्थानमा सुक्षित रहेर दशैँ मनाउने योजना बनाएका छन् । भाइरस सङक्रमणकै कारण सर्वसाधरणको मात्रै होईन, राजनीतिक दलका नेताहरुको पनि यो वर्ष दशै मनाउने शैली फेरिएको छ ।

सँधै दशैँमा नेताकार्यकर्ता, सर्वसाधरणसँग भेटघाट गर्दै जनताका समस्या बुझने, योजनाहरु हुन्थ्यो भने यो वर्ष भेटघाटलाई पातलो नै राख्ने योजना रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सभा सदस्य तथा १ नम्बर प्रदेश सामाजिक विकास समिति सभापति सरिता थापा बताउँछिन् । अन्य समय जस्तो यो वर्षको चाडपर्वमा हर्ष,उल्लास नरहेको उनको भनाई छ ।

उनी भन्छिन्, कोरोना भाइरस संक्रमणका कारण छिमेकमा कोहि आइसोलेसनमा छन्, कोहि भेन्टिलेटरमा रहेर उपचार गरिरहेको अवस्थामा हर्ष बढाईका साथ दशैँ मनाउने परिस्थिति नभएकाले सामान्य तरिकाले नै दशैँ मनाउँदा राम्रो हुन्छ । दशैँमा अग्रगहरुको आर्शिवाद थाप्न टाढाबाट आउने भएकाले संक्रमणले वृद्धवृद्धाहरुलाई चाँडै आक्रमण गर्ने भएकाले सकेसम्म प्रविधिको नै प्रयोग गरेर भर्चुअल आर्शिवाद थाप्न उनले आग्रह गरेकी छिन् ।

‘आफु स्वस्थ्य रहे आगामी वर्ष हर्षका साथ चाडपर्व मनाउन सकिन्छ त्यसैले संस्कृती जोगाउने हिसाबले मात्रै सामान्य हिसाबले दशैँ मनाउन सबैमा आग्रह गर्दछु,’ उनले भनिन् । यो वर्ष सुसराबुवाको निधन भएकोले उनको दशैँ नमनाउने तर आफ्नै परिवारसँग मात्रै भेटघाट गर्ने योजना रहेको उनले बताईन् ।

प्रदेश १ का प्रदेश सभा सदस्य तथा सचेतक सुयर्माराज राई
संक्रमण जोखिम न्यूनिकरणका लागि भावनात्मक सम्बन्ध भएका चाडपर्वमा नै सतरकता अपनाउनुपर्ने भएकाले यो वर्ष यथास्थानमा नै रहेर पर्व मनाउन प्रदेश १ का प्रदेश सभा सदस्य सचेतक सुयर्माराज राईले आग्रह गरेका छन् ।
उनले भने, ‘नेपाली संस्कृती, परम्परा रहिरहेसम्म वर्षेनी दशैँ, तिहार आईरहन्छ, यो वर्ष सबै जहाँ छौँ त्यहि नै रहेर अर्को वर्ष चाडपर्व मनाउँ ।’ उनले अग्रजहरुको आर्शिवाद मोबाईल फोन मार्फत विविध प्रविधिहरु छन् सोहि प्रविधिको प्रयोग गरेर टाढा नै रहेर यो वर्षको दशै मनाउन सर्वसाधरणलाई आग्रह गरेका छन् ।

उनले आर्शिवाद थाप्ना जानुपर्ने सम्पूर्ण आफ्न्तसँग यो वर्ष महामारीका कारण आउन नसकेको भन्दै अग्रिम जानकारी दिईसकेका बताए । आफ्नामा आउने नातेदारहरु साथै पार्टीका साथीभाईहरुलाई पनि यो वर्ष जमघट नगरौ भन्दै सामाजिक सञ्जाल मार्फतबाट नै आग्रह गर्ने योजनामा रहेको उनको भनाई छ ।

संघिय समाजवादी फोरम नेपालका प्रदेश सभा सदस्य रामचन्द्र तुम्बा
कोरोना महामारीको विषम परिस्थितिमा चाडपर्व मनाउदा सबैले सतर्कता अपनाएर मनाउन संघीय समाजवादी फोरम नेपालका प्रदेश सभा सदस्य रामचन्द्र तुम्बाले आग्रह गरेका छन् ।

उनले भने, ‘कोरोना कहरको विच हिन्दुहरुको महान पर्व विजयादशीको पूर्व सन्ध्यामा छ, नेपाल हामी जहाँ छौ त्यहि बसेर चाडपर्व मनाउ, यो वर्ष हाम्रो जीवन रहे अर्को वर्ष चाडपर्व मनाउन सक्छौ ।’

संक्रमण केहि समयका लागि मात्रै भएकाले आफ्नो घरपरिवारसँग बसेर जमघट, भिडभाडलाई कम गर्दै चाडपर्वलाई समान्य हिसाबले नै मनाउदा उचित रहने उनको भनाई छ । दशै याख्खा, लिम्बु, राई समुदायको मौलिक पर्व नभएकाले आफु र परिवाले नै दशै नमनाउने भएकाले दशै बारे केहि योजना नरहेको तुम्बाले भनाई छ ।

उनले भने, ‘मेरो परिवार र मैले दशै नमनाए पनि दशै मनाउने समुदायका साथीभाईहरुलाई मोबाईल फोनको मार्फत शुभकामना आदानप्रदान गर्ने योजना रहेको छ ।

प्रतिक्रिया