इंग्लिस प्रिमियर लिग: लिभरपुलले सेफिल्डलाई २-१ ले हरायो

काठमाडौं । डिफेन्डिङ च्याम्पियन लिरभपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार राति सेफिल्डमाथि २-१ को संघर्षमय जित निकालेको छ ।

दोस्रो हाफमा डिएगो जोटाले हेडबाट गरेको गोलमा लिभरपुलले लिगका पछिल्ला तीन खेलमा पहिलो जित निकाल्यो । यसअघि म्यानचेस्टर सिटीले वेस्ट ह्यामसँग १-१ को बराबरी खेलेको थियो ।

लिभरपुलले अब च्याम्पियन्स लिगको दोस्रो खेलमा मंगलबार एफसी मिट्जील्यान्डसँग खेल्नेछ । सेफिल्डले दुई साता म्यानचेस्टर सिटी र चेल्सीको सामना गर्नेछ ।

जितसँगै लिभरपुल १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने जितविहिन सेफिल्ड १ अंकसाथ १९ औं स्थानमा छ ।

प्रतिक्रिया