म्यानचेस्टर युनाइटेड र चेल्सीको खेल गोलरहित बराबरी

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

शनिबार राति भएको खेलमा युनाइटेड र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । ओल्ड ट्राफोर्डमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अङ्क बाँड्नु परेको हो ।

बराबरीसँगै युनाइटेडले ५ खेलमा ७ अङ्क जोडेको छ । युनाइटेड तालिकाको ११ औं स्थानमा रहेको छ । त्यस्तै चेल्सीले ६ खेलमा ९ अङ्क जोडेको छ । चेल्सी तालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिस्टल प्यालेसले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै लिड्स युनाइटेडले एस्टन भिलालाई तीन-शून्यले हराएको छ । वेस्ट ह्याम र म्यानचेस्टर सिटीले एक-एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया