आईपीएल : हैदरावादमाथि पञ्जाब १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सनराइजर्स हैदराबादमाथि पञ्जाबले १२ रनको जित निकालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदराबाद पराजित भएको हो । हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै ११४ रनमा समेटियो ।​

हैदराबादका लागि कप्तान डेभिड वार्नर ३५, विजय शंकर २६, जोनी बेयरस्टोले १९ रन जोड्दा मनिस पाण्डेले १५ रनमा समेटिए ।

पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट हात पारे भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोस्नोईले १/१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पन्जाबका लागि निकोलस पुरन ३२, कप्तान केएल राहुल २७, क्रिस गेलले २०, मन्दिप सिंहले १७ रन बनाए भने ग्लेन म्याक्सवेले १२ रनमा समेटिए । ​हैदराबादका रासिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए ।

यो जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । उसले प्ले अफ सम्भावना जीवितै राखेको छ । तालिकाको छैटौं स्थानमा रहेको हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया