पहिलो एल क्लासिकोमा बार्सिलाेना पराजित

एजेन्सी ।यस सिजनको पहिलो एल क्लासिको रियल म्याड्रिडले जितेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको एल क्लासिको रियल म्याड्रिडले ३-१ गोल अन्तरले जितेको छ । लालिगामा बार्सिलाेना कमजाेर देखिएकाे छ ।

रियल म्याड्रिडका लागि फेडेरिको भल्भार्डे, सर्जियो रामोस र लुका मोड्रीचले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि अन्सु फातिले एक गोल गरेका थिए ।

रियलले खेलको पाँचौ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएकोमा बार्सिलोनाले आठौ मिनेटमा गोल गर्दै बराबरी गरेको थियो । पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा रियल म्याड्रिडले पाएको पेनाल्टीलाई रामोसले ६३औ मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलको ९०औ मिनेटमा मोड्रीचले गोल गर्दै रियलका लागि तेस्रो गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड ६ खेलमा चौथो जित हासिल गर्दै १३ अंकसहित ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले भने यस सिजनमा दोस्रो खेलमा हार बेहोरेको छ । बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ भने लिगमा दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया