धरानकी ६२ वर्षिय बृद्धाको वीपी प्रतिष्ठानमा मृत्यु

धरान । धरानका एक कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ । आज उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

धरान १७ का ६२ वर्षिय बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

संक्रमित बृद्धालाई हिजो कात्तिक ७ गते वीपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई असोज २० गते नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

मृगौला रोगी महिलाको दिउसो ३ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार शवको नियमानुसार व्यवस्थापन भइरहेको छ ।

प्रतिक्रिया