मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

घानामा चर्च भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी । घानामा चर्च रहेको भवन भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

देशको पूर्वी क्षेत्रमा शुक्रवार भएको घटनामा परी अरू कैयौँ घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन्।

भत्किएको भवन ६ तले हो।

घटनास्थलबाट २२ जनाको शव निकालिएको छ। सुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको हो।

खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने अधिकारीहरूले बताएका छन्।

घटना भएका बेला घटनास्थलमा ६० जना रहेको स्थानीय सञ्चार माध्यमहरूले जानकारी गराएका छन्।

प्रतिकृयाहरु
Loading...