ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

ब्रुनेई । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मेका अजिमको ३८ वर्षको उमेरमै निधन भएको हो।

राजकुमार अजिमको मृत्युको कारणबारे शनिबार साँझसम्म दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुन्।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

प्रतिक्रिया