सिमेन्टको बोरा भित्रबाट लागुऔषध फेला

काठमाडौं । थानकोट नागढुङ्गामा प्रहरीले चेकजाँचको क्रममा सिमेन्टको बोरा भित्रबाट लागुऔषध फेला पारेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले प्रहरी नायव निरिक्षक सरोज सिलवालको कमान्डमा खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिमेन्टको बोरा भित्र लुकाई राखेको अवैध लागुऔषध फेला पारेको हो ।

राजविराज बाट काठमाडौं तर्फ आउँदै गरेको ना ८ ख ६४९७ नम्बरको यात्रुवाहक वसमा चेक जाँच गर्दा लागुऔषध सहित दुईजनालाई समेत नियन्त्रणमा लिईएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

राठौरका अनुसार पक्राउ पर्नेमा जिल्ला सिराहा लहान वडा नम्बर २३ बस्ने बर्ष १६ को ईन्द्रजित सहनी,जिल्ला सिराहा लहान वडा नम्बर १३ बस्ने बर्ष २४ को अम्मर यादव रहेका छन् ।

उनिहरूको साथबाट सिमेन्ट बोरामा लुकाईराखेको नाईट्रोजेपाम (नाइट्राभेट ) १२ सय ट्याबलेट, डाईजेपाम १३४ एम्पुल,फेनरागन १३४ एम्पुल,नुर्फिन १३० एम्पुल, बरामद गरिएको महानगरीय प्रहरी बृत्तले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरीले बृत्त पठाई सकेको नागढुङ्गा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया