वीपी प्रतिष्ठानमा पाँच महिने कोरोना संक्रमित शिशुको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती शिशुमा शुक्रबार मात्र कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । सोही दिन कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई मष्तिस्कसम्बन्धी समस्या भएको बताइएको छ । शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया