बीपी प्रतिष्ठानमा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

धरान ११ का ५२ वर्षीय पुरुषको शुक्रबार साँझ ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

उनमा कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी सुगर र उच्च रक्तचापका बिरामी थिए।

प्रतिक्रिया