प्रदेश १ कोरोना अपडेट : ४६० जना नयाँ सङ्क्रमित थपिँदा ४८८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज (शुक्रवार) ४६० जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, सङ्खुवासभामा ४, तेह्रथुममा ३, धनकुटा र खोटाङमा २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरिमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको बिर्तामोड र भद्रपुरमा १०–१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बा¥हदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा सङ्क्रमण देखिएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको मादीमा ४, तेह्रथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १–१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४६८ पुगेको छ ।

प्रदेश १ मा आज ४८८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६० महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया