वीपी प्रतिष्ठानलाई कोरोना स्वास्थ्य सामग्री प्रदान

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना स्वास्थ्य सामग्री प्रदान गरिएको छ । करुणा फाउण्डेशन नेपालले आज प्रतिष्ठानलाई कोरोना स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीलाई फाउण्डेशनका निर्देशक योगेन्द्र गिरीले कोरोना संक्रमित विरामीको उपचारका लागि प्रदान गरेका हुन् ।

फाउण्डेशनले प्रतिष्ठानलाई केएन ९५ मास्क १ हजार थान, सर्जिकल मास्क १ हजार थान, पिपिई सेट लेवल–२ एक सय युनिट तथा सेनिटाइजर जार २० लिटर प्रदान गरेको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरणमा बोल्दै रजिष्ट्रार डा. रेग्मीले विश्वव्यापी कोरोना महामारीसँग लड्न फाउण्डेशनको सहयोगले थप उर्जा मिल्ने बताउँदै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया