प्रदेश १ कोरोना अपडेट : आज थप ६३७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज (बिहीबार) थप ६३७ जनामा कोरोना पुष्टि भएको छ । १९७ महिला र ४४० पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । बिहीबारसम्मको तथ्यांक अनुसार ५ हजार ४ सय ७६ महिला र १० हजार ५ सय ३२ पुरुष गरी १६ हजार ८ जनामा संक्रमण देखिएको छ ।

बिहीबार झापामा ११०, मोरङमा २९९, सुनसरीमा १८०, धनकुटामा १, खोटाङमा १, उदयपुरमा १३, संखुवासभामा ३, इलाममा ८, ताप्लेजुङमा ६ र अन्य जिल्लाका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का विभिन्न आठवटा प्रयोगशालासहित अन्य स्थानमा बिहीबार थप १ हजार ५३ जनाको स्वाब परीक्षण गरिएको हो । १४९ महिला र २६९ पुरुषगरी बिहीबार ४ सय १८ जनाले काेराेना जितेका छन् । जसमध्ये मोरङका मात्रै २५२ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया