भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

पर्सा । भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो ।

कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रन ठूलो संख्यामा सर्वसाधारण सीमाक्षेत्रमा जम्मा भएका छन् ।

विभिन्न निजी सवारी साधनमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्म-हम्मे परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले यही कात्तिक ३० गतेसम्म सीमा नाकाबाट आवागमन बन्द राखिने नेपाल सरकारको निर्माण भएकाले सोको कार्यान्वयन हुने बताए । रासस

प्रतिक्रिया