असई र प्रहरी जवान हत्या प्रकरण : मृतकका परिवारलाई प्रदेश सरकारले २/२ लाख दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गस्तीका क्रममा तस्करहरुबाट मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवालाई जनही २/२ लाख दिने निर्णय गरेको छ ।

प्रदेशकाे बिहान बसेकाे मन्त्रिपरिषद बैठकले साे निर्णय गरेकाे हाे । तत्कालका लागि भने परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएकाे छ । बाँकी एक लाख रकम उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने जानकारी दिइएकाे छ ।

शनिबार गस्तीमा हिँडेका असई विकको आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको थियो भने प्रहरी जवान साउदकाे मंगलबार शव फेला परेकाे थियाे । उनीहरूकाे हत्यामा संलग्नलाई प्रहरी पक्राउ गरिसकेकाे छ ।

प्रतिक्रिया