५ दिनमा एक लाख १६ हजारले छाेडे काठमाडाैं उपत्यका

काठमाडौं । याे वर्षकाे दसैंमा अहिलेसम्म एक लाख १६ हजार मानिसहरू मात्रै काठमाडाैंबाट बाहिरिएका छन् ।

अघिल्लो वर्षको तुलनामा याे वर्ष काठमाडाैं उपत्यका छाेड्नेकाे संख्यामा आएकाे हाे । यस वर्ष दसैंको समयमा घर जानेको संख्यामा कमी आएको हो । अघिल्लो वर्ष यही समयमा एक दिनमा एक लाख सर्वसाधारण बाहिरिएका थिए । 

कोरोना महामारीका कारण यसअघि नै लाखौंले उपत्यका छाडिसकेका छन् । यसकारण दसैंमा बाहिरी जिल्ला जानेकाे संख्यामा कमी आएकाे हाे । यस वर्ष उच्चतम् बाहिरिएका दैनिक यात्रुको संख्या २५ हजार मात्रै रहेकाे जानकारी दिइएकाे छ ।

घटस्थापनादेखि ५ गतेसम्म एक लाख १६ हजार एक सय ३३ जनाले काठमाडौं उपत्यका छाडेका छन् । सोही अवधिमा ८० हजार तीन सय ७८ जना विभिन्‍न नाका प्रयोग गरी उपत्यका भित्रिएको ट्राफिक महाशाखाको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया