वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको इनरुवा-१ का ८३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कात्तिक ३ गते कोरोना देखिएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट र श्वासप्रश्वासको समस्या थियो । ३ गते नै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको उनका बिहान मृत्यु भएको हो ।

शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया