‘दसैं लाग्यो’ भन्दै वीपी प्रतिष्ठानले लिन मानेन स्वाब, ३९६ स्वाब फ्रिजमा

  • भरतराज शर्मा (गोपाल)

धरान । ‘चाडवाड लाग्यो स्वाव परीक्षण गर्ने जनशक्ति छैन’ भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परीक्षण नगरेपछि धरानमा समस्या उत्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाद्वारा संकलित स्वाब परीक्षण गर्न प्रतिष्ठानले अस्विकार गरेको हो । धरान उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख उमेश मेहताले आफुहरुले संकलन गरेको स्वाब परीक्षण गर्न प्रतिष्ठानले अस्विकार गरेको जनाए । हिजो संकतिल ३९६ जनाको स्वाब परीक्षण गर्न प्रतिष्ठानको माइक्रोबायोलोजी विभागले अस्विकार गरेपछि अहिले संकलित स्वाब कोल्ड सेन्टर (फ्रिज) मा राखिएको धरान उपमहानगर जनस्वास्थ्य प्रमुख उमेश मेहताले बताए ।

‘हिजो अपरान्ह ४ बजेसम्म संकलित स्वाब प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा पठाइएको थियो, उहाँहरुले दसैं पनि लाग्यो, स्वाब परीक्षण गर्ने जनशक्ति छैन भनेर स्वाब फिर्ता गरेका छन् ।’ यादवले भने । उनले अपरान्ह ४ बजे पठाइएको स्वाब १ घन्टा सम्म नलिएर माइक्रोबायोलोजीका कर्मचारीहरु ५ बजे कार्यालय बन्द गरेर मोवाइल नै अफ गरेर हिँडेको बताए । ‘वीपी प्रतिष्ठानले स्वाब लिएन भनेर मैले मेयर र उपपमेयर ज्यूलाई जानकारी गराएको थिए, उपमेयरले हस्पिटल डाइरेक्टरलाई कुरा गर्नु भएको रहेछ । आज लिन्छन् होला ।’ मेहताले भने ।

उपमहानगरपालिकाकाले नेपाल सरकारको स्वास्थ्य प्रोटोकल अनुसार लक्षण देखिएकाहरुबाट मात्र संंकलन गरीएको उक्त स्वाब प्रतिष्ठानले परीक्षण नगरिदिँदा कोरोना संक्रमणको जोखिम बढेको छ । वीपी प्रतिष्ठानले सञ्चालन गरेको लेवल ३ कोभिड अस्पताल अव्यवस्थित हुँदा कोरोना संक्रमितको विजोक भइरहेको छ । कोभिड हस्पिटलमा अक्सिजन, भेन्टिलेटर समेत नहुँदा गम्भिर प्रकारका विरामीहरुको उपचार हुन सकिरहेको छैन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी धरान नगर इन्चार्ज चोत्लुङले प्रतिष्ठानले स्वाब नलिएको प्रति आपत्ति जनाए । उनले जनताको स्वास्थ्य जस्तो संवेदनशिल कुरामा प्रतिष्ठान लापरवाही भएको आरोप लगाए । ‘लेवल ३ अस्पताल भनिएको छ, धरान उपमहानगरपालिकाले संकलन गरेको स्वाब परीक्ष गर्नुपर्नेमा फिर्ता पठाएछन्, यो लापरवाहीको पराकाष्टा हो ।’ उनले भने ।

इमरजेन्सीबाट पनि धमाधम विरामी फर्काउँदै
प्रतिष्ठानले इमरजेन्सीमा आएका सिरियस विरामीलाई पनि भर्ना नलिइकन फर्काउन थालेको छ । पिसिआर नगरीकन भर्ना लिन नमिल्ने भन्दै प्रतिष्ठानको इमरजेन्सीले विरामीहरु फिर्ता पठाउन थालेको हो ।

सिकिस्त अवस्थामा इमरजेन्सीमा आएका विरामीलाई उपचारै नगरी फर्काउन थालिएपछि धरानकै विरामीले समेत सास्ती भोगेका छन् । उनीहरुको स्वास्थ्य जोखिममा परेको छ । प्रतिष्ठानमा पिसिआर गरेको रिपोर्ट आउन १२ घन्टा लाग्ने भएकोले पिसिआरको रिपोर्ट नआउन्जेल प्रतिष्ठानले विरामी नहेर्दा समस्या भएको हो ।

इर्मजेन्सी विभागका प्रमुख तथा कोभिड अस्पतालका ईञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले इमरजेन्सीले पिसिआर नगरेका विरामी नफर्काएको बताएका छन् ।  उनले अन्य विभागले चै पिसिआर रिपोर्ट माग गर्न थालेकोले बताउँदै अन्य विभागलाई आफुले विना पिसिआर भर्ना गर उपचार गर भन्न नमिल्ने बताएका छन् ।

प्रतिक्रिया