सगरमाथा मोबाइलले ल्यायो चाडपर्व लक्षित उपहार योजना

ध्रुवराज खनाल-

चितवन । चितवनको रत्ननगर सौराहा चोकमा रहेको सगरमाथा मोबाइल हाउसले चाडपर्वको अवसर पारेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।

कार्तिक १ गतेदेखि मोबाइल खरिद गर्ने ग्राहकका लागि मासिक लक्की ड्र को आयोजना गरी पुरस्कार प्रदान गरिने सगरमाथा मोबाइल हाउसका सञ्चालक शंकर पौडेलले बताए । पहिलो लक्की ड्र यही कार्तिक २२ गते शनिवार हुनेछ । सो लक्की ड्र मार्फत मोबाइल खरिद गर्ने ग्राहक मध्येबाट एक जनाले एम आई ४२ इन्चको फोर के एल ई डि टेलिभिजन प्राप्त गर्ने सञ्चालक पौडेलले जानकारी दिए ।

हरेक महिना हुने लक्की ड्र मा मङ्सिर २२ गते हुने लक्की ड्र मा एक भाग्यमानी ग्राहकले सुनको औँठी प्राप्त गर्ने छन् भने पौष २२ मा हुने लक्की ड्र मा स्मार्ट फोन प्राप्त गर्नेछन् । हरेक महिना फरक किसिमको उपहार प्रदान गरिने पौडेलले बताए । लक्की ड्र का साथै योजनाको अन्त्यमा हुने बम्पर ड्र मार्फत एक जना भाग्यमानी ग्राहकले यामाहाको फ्यासिनो स्कुटर प्राप्त गर्ने सञ्चालक पौडेल ले बताए ।

मासिक लक्की ड्र तथा बम्पर ड्र बाहेक ग्राहकले प्रत्येक मोबाइलको खरिदमा हात खालि नजाने उपहारहरू प्राप्त गर्नेछन् । हात खालि नजाने उपहार अन्तर्गत पावर बैङ्क, सेल्फी स्टिक, रिचार्ज कार्ड, हेडफोन, मेमरीकार्ड, मोबाइल फोन, ब्लुटुथ स्पिकर लगायतका उपहारहरू ग्राहक वर्गले प्राप्त गर्नेछन् । सगरमाथा मोबाइलमा हरेक कम्पनीका ब्रान्डेड फोन, मोबाइलका एसोसरिज, उच्चस्तरीय एम आई टेलिभिजन सुपथ मूल्यमा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया