मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

क्याथी प्यासिफिकद्वारा ८ हजार ५०० रोजगारी कटौती

हङकङ । हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० रोजगारी कटौती गर्न लागेको छ ।

कोरोना महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकाले कर्मचारीहरुलाई राखिरहन नसकिने भएकाले कटौती गर्न लागिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।

रोजगारीबाट हटाउन लागिएका कर्मचारीहरु मध्ये ५ हजार ३ सय जना हङ्कङमै रहेर काम गर्नेहरु परेका छन् । त्यस बाहेक अरु ६ सय जना अन्य ठाउँमा रहेका कर्मचारीहरुलाई कटौती गर्न लागिएको कम्पनीको भनाई छ । अरु २ हजार ६ सय पद भने पहिलेदेखि नै खाली रहेको थियो ।

कम्पनीको कुल रोजगारीको २४ प्रतिशत रोजगारी कटौती भएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । रासस

प्रतिकृयाहरु
Loading...