भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख किन आए काठमाडाैं ?

काठमाडौँ । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गाेयल काठमाडाैं आएका छन् ।

बुधबार दिउँसो चार्टर्ड विमानमा काठमाडाैं आइपुगेका उनी ८ घण्टा बसेर बेलुकी ९ बजे फर्कने बताइएकाे छ ।

उनकाे भ्रमण औपचारिक नभएकाे स्पष्ट पार्दै व्यक्तिगत वा धार्मिक भ्रमणमा आएकाे हुन सक्ने स्राेतकाे भनाइ छ ।

नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा गाेयल आउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भने केही बताएको छैन ।

प्रतिक्रिया