नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल ल्युब आयल लिमिटेडको ३६ वर्षको इतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत् संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको ५३.१४ प्रतिशत र भर्चुअल मार्फत् जुम एपबाट १५.०१ प्रतिशत गरी ६८.१५ प्रतिशत सेयरहोल्डरको सहभागिता रहेको थियो ।

उपस्थित सेयर होल्डरहरूबीच दूरी कायमका साथै अन्य स्वास्थ्यका मापदण्डसमेत पालना गरी आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो।

प्रतिक्रिया