कक्षा १२ को परीक्षा मंसिर ९ देखि सञ्चालन हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको हो ।

गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ ।

प्रतिक्रिया