१२ तस्विरमा हेर्नुहोस् पुनर्निर्माणपछिको रानीपोखरी र उद्घाटन समाराेह

काठमाडाैं । आज (बुधबार) ऐतिहासिक रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष कार्यक्रमकाबिच २०७२ को भूकम्पले तहसनहस बनाएपछि पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाई स्कुलको एकैदिन उद्घाटन गरेकी हुन् ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन ।

शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुननिर्माणको काम सम्पन्न भएको हो । रानीपोखरीका सम्पदा, मन्दिर पुरानै ग्रन्थकुट (शिखर) शैलीमा पुनःनिर्माण गरिएको छ ।

रानीपाेखरी र दरबार हाई स्कुलको उद्घाटन समाराेहमा राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् ।

सबै तस्विरहरू : राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय

प्रतिक्रिया