इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा ठूलाे ८ अर्बको आईपीओ ल्याउँदै, डाक्यो वार्षिक साधारण सभा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ ल्याउने भएको छ । बैंकको दोश्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको हो ।

नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले ल्याउँन लागके आईपीयो अहिलेसम्मको सबैभन्दा ठूलो हो । आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौँ १० नयाँ बानेश्वर स्थित बैंकको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।

अनलाइन प्रविधि मार्फत समेत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई कन्फ्रेन्सको लिंक र आईडी÷पासवर्ड उपलब्ध गराउने व्यवस्था समेत बैंकले गरेको छ ।

साधारण सभाले ८ अर्ब रुपियाँको ८ करोड कित्ता सर्वसाधारण शेयर (आईपीओ) निष्काशनको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया