थप १६ जनामा कोरोना संक्रमण, दुईको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कोरोना संक्रमितकाे संख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार थपिने संक्रमितमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का १५, तनहुँका दुई र गोरखाका एक जना छन् ।

नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्ष (आइसीयू) मा र म्याग्दीको धवलागिरिका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसीयूमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया