वीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको गडी-४ निवासी ५५ वर्षीया महिलाको मंगलबार राती ९ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मंगलबार मात्रै कोरोना पुष्टि भएकी ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो । शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया