कार्तिक ५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी,२१ घडी ४७ पला,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–ज्येष्ठा,०५ घडी ४७ पला,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त मूल । योग–शोभन,१८ घडी ४१ पला,दिउसो ०१ बजेर ३७ मिनेट उप्रान्त अतिगण्ड । करण–बालव,दिउसो ०२ बजेर ५१ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ०२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–बृश्चिक,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट । दिनमान २८ घडी १८ पला । शारदीय नवरात्र। उपाङ्गललिता व्रत। पचलीभैरव यात्रा।

आजको बार बेला ।
बिहान ०६ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ०९ मिनेटदेखी बिहान ७ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ३४ मिनेटदेखी बिहान ८ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५९ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म रोग बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १३ मिनेटदेखी दिउसो २ बजेर ३७ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ३८ मिनेटदेखी बेलुकी ४ बजेर ०२ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ०३ मिनेटदेखी बेलुकी ७ बजेर ०२ मिनेटसम्म उद्वेग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ११ बजेर ४७ मिनेटदेखी दिउसो ०१ बजेर १२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ भने छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । शुुभ तथा माङ्गलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर परिवार बिषेश गरि दिदि बहिनी हरुसँगको सम्बन्धमा आउने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउनेछ । अरुकै काममा समय बित्ने हुँदा पढाइ लेखाइ प्रभावित हुनेछ । व्यापार व्यावसाय खस्कनेछ भने स्वास्थ्य कमजोर रहनेछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुनेछ । बिहानको समय राम्रो रहेकोले अनुसन्धान तथा अध्ययनमा लाग्नेहरुका लागि समय उत्तम रहेकोछ । मनमा धार्मिक प्रविति जागृत हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धा भावमा गोचर गर्ने शुभ चन्द्रमाले नोकरि तथा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लामो समयदेखि रोकिएर बसेका काम बन्ने तथा अदालती निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछ । ऋण तथा रोगबाट मुक्ति पाईने समय रहेकोछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । प्रेममा एक अर्काको विस्वास जिति रमाउन पाउदा मन हर्षित हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अभिभावक,विशिष्ट व्याक्ति तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमुखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय मध्ययम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुने तथा तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रयत्न गर्दा व्यावहारिक कामले व्यावसायिक मार्ग अवलम्बन गर्न सक्छ । उठ्नु पर्ने रकम हात लागि हुनाले आर्थिक पक्ष सवल रहनेछ । मिहिनेतले जीवनशैली परिवर्तन हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । लेखनकला साहित्यको क्षेत्रमा रुचि बढ्नुको साथै प्रतिभाले मान सम्मानमा वृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागि समय मध्ययम रहेकोछ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । नियमित खर्चसमेत बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधनको प्रयोग गर्दा वा बाटो काट्दा ध्यान दिनुहोला । बिहानको समय शुभ रहेकोले अध्ययन अध्यापनमा मन जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य र राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको नजिक रहेर काम गर्नेहरुका लागी समय राम्रो रहेकोछ । राज्यको सम्पती तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आर्थिक अवस्था सुदृड बनाउन सकिनेछ । मन परेको मानिसबाट उपाहार प्राप्तीको योग रहेकोछ । खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुती देखाउन सकिनेछ । माता पिताको समयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया