मलहरुको दशैं विशेष स्किम : कहाँ कति छुट र के उपहार ?

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सपिङ्ग मलहरुले आकर्षक योजनाहरु ल्याएका छन् । यस वर्ष पहिलेका वर्षहरुको जस्तो दशैं वा अन्य चाडपर्वमा लागि बजारमा सपिङ्ग गर्ने माहोल तातेको भने छैन । तर सपिङ्ग मलहरुले भने ग्राहक आकर्षण गर्न विभिन्न अफरहरु ल्याएका छन् ।

मलहरुले नजिकिँदै गरेको दशैं र तिहार लक्षित गरेर महँगो मूल्यको बाइकदेखि नगद उपहारसम्मको व्यवस्था गरेका छन् । कोरोनाको कारणले थला परेको व्यापारिक क्षेत्रले यस वर्षको दशैं तथा तिहारको लागि पहिलेका वर्षहरुमा भन्दा फरक तरिकाले आकर्षक योजना ल्याएका हुन् ।

यस वर्ष ग्राहकले भर्खरै मात्र सामाग्री किन्न थालेको व्यापारीहरु बताउँछन् । अघिल्ला वर्षहरुमा भने अलिअघि नै सपिङ्ग गर्ने उपभोक्ताले यस वर्ष कोरोनाको कारणले अलिढिला सामाग्री खरिद गर्न शुरु गरेका हुन् ।

कपडा र जुत्तालगायतका सामाग्री व्यापार गर्ने मलहरुको लागि चाडपर्वमा सबैभन्दा धेरै वस्तु बिक्री गर्ने समय हो । तर, यस वर्ष कोरोनाको कारणले बजारमा त्यसरी व्यापार हुन सकेको छैन । व्यापारीहरु पनि यस वर्षको दशैंमा सामान्य मात्रै चहलपहल भएको बताउँछन् ।

सोही कारण व्यवसायीहरुले खासै व्यापार पनि नभएको बताइरहेका छन् । तथापि सपिङ्ग मलहरुबीच ग्राहक तान्न विभिन्न स्किम, छुट, अफरलगायतका योजना सार्वजनिक गर्न प्रतिस्पर्धा शुरु भएको छ । अहिले कतिले अफर सार्वजनिक गरिसकेका छन् भने धेरैले सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

ग्राहक तान्न उपत्यकाका सपिङ्ग मलले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै सपिङ्ग मलहरूले धमाधम अफर, छुट सेल, उपहारलगायत योजना ल्याउन थालेका हुन् ।

काठमाडौं मल

काठमाडौं मलले दशैं तिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित आकर्षक अफरहरु सार्वजनिक गरिरहेको छ । काठमाडौं मलले सामान खरिदमा मलले दशैं, तिहार तथा छठपर्वको विषेश छुट २० देखि ६० प्रतिशतसम्म रहेको छ ।

काठमाडौं मलले कोरोना अर्थतन्त्रमा प्रभाव भरेकोले ग्राहकहरुका लागि विषेश छुट अफर ल्याएको हो । ग्राहकले सो मलमा विभिन्न सामान खरिद गर्दा २० देखि ६० प्रतिशतसम्म छुट पाउने छन् ।

लबिम मल

लबिम मलले पनि दशैं तिहारको ग्राहकहरुका लागि विभिन्न स्किम तथा अफरहरु ल्याएको छ । दशैं तिहारमा ग्राहक वर्गहरुलाई लक्षित गर्दै महलले खुद्रा सामाग्रीको खरिदमा ६० प्रतिशतसम्म छूटको व्यवस्था गरेको छ । बाई वान गेट वान फ्रि अफर र गिफ्ट भौचरहरुको व्यवस्था गरेको सो मलले गरेको छ ।

लक्की ड्रमार्फत् ग्राहकले स्कुटर, बाइक, क्यामरा, साइकल लगायत पाउन सक्ने छन् ।

विशाल बजार

विशाल बजार मलले पनि ४० प्रतिशतसम्म छुट दिएर सामान बिक्री गरेको विशाल बजार व्यापार संघले बताएको छ । कोरोना संक्रमणका कारण करिब ७ महिना लामो लकडाउन खेपेका व्यवसायीले आफ्नो व्यापारलाई चलायमान बनाउन विभिन्न सुविधा ल्याएको हो ।

सिभिल मल

सिभिल मलले यामाहाको एफजेड बाइकदेखि होम एप्लियन्स र गिफ्ट भौचरलगायतका अफर ल्याएको छ । मलमा १ हजारभन्दा बढी रकमको सपिङ्ग गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको छ ।

१ जना भाग्यशाली ग्राहकले यामाहाको एफजेड बाइक पाउने सिभिल मलले जानकारी दिएको छ । हरेक साता १ जनालाई ग्यापु डटकमको तर्फबाट ५ हजार रुपैयाँको नगद भौचर र एनआइसी एसिया बैंकका कार्ड होल्डरले हरेक सामानमा थप ५ प्रतिशत छुट पाउने छन् ।

शेर्पा मल

शेर्पा मलले पनि दशैं तिहारलाई लक्षित गरेर अफरहरु ल्याएको छ । उपभोेक्ताहरुका लागि ‘फेस्टिभ अफर’ योजना ल्याएको छ । सो मलमा नयाँ सामानमा १० देखि २० प्रतिशतसम्म छुट दिइरहेको छ ।

प्रतिक्रिया