शेयर बजार दोहोरो अंकले बढ्यो, सबै समूह हरियाली

काठमाडौँ । आज शेयर दोहोरो अंकले बढेको छ । हिजो १३.५८ अंकले बढेको शेयर बजार आज १३.२२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज ०.८४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५८३.६० अंकमा उक्लिएको छ । आज १ सय ९३ कम्पनीका ५० लाख २४ हजार ५० कित्ता शेयर किनबेच हुँदा १ अर्ब २७ करोड १८ लाख २९ हजार ९ सय ९० रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७८.१२, निर्जीवन बीमा समूह ५५.७६ र जलविद्युत समूह २७.७२ अंकले बढेका हुन् ।

 

प्रतिक्रिया