प्रहरी हत्या प्रकरण : केराउको गाडा रोकेपछि दुवैलाई मारेका हौँ– अभियुक्तको बयान

काठमाडाैं । धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेका अभियुक्तले हत्या गरेकाे स्वीकार गरेका छन् ।

प्रहरीले घटनामा संलग्न रहेकाे आशंकामा १६ जनालाइ नियन्त्रणमा लिएकाे थियाे । तीमध्ये ६ जनाले प्रहरी हवल्दार रामबहादुर साउद र असई गोविन्द विकको हत्या गरेकाे स्वीकारेको प्रहरी स्राेतकाे भनाइ छ । अभियुक्तले दिएको साविती बयानमा उनीहरूले नेपालबाट भारत लैजाँदै गरेको केराउकाे गाडा नियन्त्रणमा लिएपछि हत्या गरेकाे स्वीकार गरेका हुन् ।

शनिबार गस्तीमा हिँडेका असई विकको हिजाे आइतबार बिहान नजिकैको मोहना नदीमा शव फेला परेको थियो । प्रहरी अनुसन्धानका क्रममा घाँटीमा धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको खुुलेको थियाे ।

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा सामान भित्र्याउने समूहले विकको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मृतक विकको कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका हुन् ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद भने सम्पर्कविहीन थिए । मंगलबार बिहान शव फेला प्रहरीले फेला पारेकाे छ । जवान साउदको पनि घाँटीमा गहिरो चोट रहेको प्रहरीले जनाएकाे छ । प्रहरीले अनुसन्धान जारी राखेकाे छ । घटनाकाे अनुसन्धान चाँडै निष्कर्षमा पुर्याएर पत्रकार सम्मेलनमार्फत् जानकारी दिने प्रहरीकाे तयारी छ ।

प्रतिक्रिया