कपनका एक डेराबासीकाे काेठाबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका-१३ भङ्गाल बस्ने संखुवासभा घर भएका २१ वर्षीय सनिष राई र सोही ठाउँ बस्ने खोटाङ घर भएका १७ वर्षीय किशोर रहेका छन् ।

उक्त स्कुल नजिकबाट बुढानिलकण्ठ नगरपालिका-१० कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका-५ घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया