जनताको दुःख बुझ्दै लुम्बिनी प्रदेश सरकार, कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

काठमाडौं । संघीय सरकारले कोरोनाका बिरामीहरुलाई आफ्नै खर्चमा उपचार गर्न भनिरहेको समयमा लुम्बिनी प्रदेश सरकारले भने संक्रमितकाे उपचार निःशुल्क गर्ने भएको छ । लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत् रहेको छ ।’

सामाजिक विकास मन्त्रालयका सचिव माहादेव पन्थले लुम्बिनी प्रदेश सरकारले पहिलेको जस्तै कोरोना संक्रमितहरुका लागि निः शुल्क उपचारको व्यवस्था गरेको बताए ।

संघीय सरकार आफ्नो दायित्वबाट भागिरहेका बेला लुम्बिनी प्रदेशले भने आफ्ना जनताका लागि निः शुल्क उपचारको व्यवस्था गरेसँगै मुख्यमन्त्री पाेखरेलकाे साे कामकाे सर्वत्र प्रशंसा भएकाे छ । संघीय सरकारकाे भने खरो आलोचना भइरहेको छ । सरकारले उक्त निर्णय फिर्ता लिनुपर्ने दबाब बढिरहेकाे छ ।

प्रतिक्रिया