वीपी प्रतिष्ठानमा इटहरीका ५६ वर्षीय संक्रमितको मृत्यु

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिकाका ५६ वर्षीय पुरुषको सोमबार राती ९ः३० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कार्तिक १ गते कोरोना देखिएका उनी सोमबार मात्रै कोभिड अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा मृत्यु भएको हो ।

शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया