भैरहवामा इन्धन खन्याउने क्रममा ट्यांकरमा आगलागी

काठमाडौं । रुपन्देहीको भैरहवामा इन्धन खन्याउने क्रममा ट्यांकरमा आगजनी भएको छ । गएराती सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा ट्यांकरबाट इन्धन खन्याउने क्रममा अचानक आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्क बहादुर खत्रीका अनुसार आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर र उसले बोकेको ३० हजार लिटर डिजेल पूरै जलेको छ । घटनास्थलमा कुनै मानवीय क्षति भने भएको छैन ।

नेपाल आयल निगमको भलवारीबाट आएको विशेष दमकलले आगो निभाएको थियो । समयमै दमकल आइपुग्दा ठूलो क्षति टरेको डीएसपी खत्रीको भनाइ छ ।

प्रतिक्रिया