कार्तिक ४ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक ०४ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी,२६ घडी २७ पला,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अनुराधा,०८ घडी ५२ पला,बिहान ०९ बजेर ४० मिनेट उप्रान्त ज्येष्ठा । योग–सौभाग्य,२५ घडी २४ पला,बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त शोभन । करण– भद्रा,बेलुकी ०४ बजेर ४२ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २८ घडी २१ पला । शारदीय नवरात्र। मंगल–चतुर्थी व्रत।

आजको बार बेला ।
बिहान ०६ बजेर ०७ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ०८ मिनेटदेखी बिहान ७ बजेर ३२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ३३ मिनेटदेखी बिहान ८ बजेर ५८ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ५९ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
बिहान ११ बजेर ४९ मिनेटदेखी दिउसो १ बजेर १३ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर १४ मिनेटदेखी दिउसो २ बजेर ३८ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ३९ मिनेटदेखी बेलुकी ४ बजेर ०३ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ०४ मिनेटदेखी बेलुकी ७ बजेर ०३ मिनेटसम्म काल बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०२ बजेर ३७ मिनेटदेखी बेलुकी ०४ बजेर ०२ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा,अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागि राम्रो रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरि सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागि हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धा भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा तथा नोकरिमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । मर्मत तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ । स्रोत साधन जुट्नाले दैनिकीमा समेत परिवर्तन आउनेछ । अध्ययनमा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ । लामो समयदेखि रोकिएर बसेका अदालती निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा मामाबाट सहयोग पाईनाले मन प्रशन्न हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक साधन तथा सवारी साधनको प्रयोग गर्दा बिचार पुर्याउनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । आफन्त तथा घर परिवारका सदस्यहरुको पनि सहयोग तथा समर्थन नहुँदा एक्लोपनको महशुष हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र,औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिर वाताबरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) छोटो तथा रमाईलो यात्राको तय हुने योग रहेकोछ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने हुँदा बिलाशि जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको डोरो कसिलो भएर जानेछ । बिद्यार्थि वर्गहरुले पढाइ लेखाइमा भनेजस्तो सुधार गर्न सक्नेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् । व्यापार व्यावसायमा लगानि गरेपनि आम्दानि कम हुनेछ भने कुटुम्बसँग मनमुटाब बढ्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पहिलेका कमजोरिहरुलाई सुधार गर्दै प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिने तथा मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा वृद्धि हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्ययनमा मन जानेछ तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारि पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ भने व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका व्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाईँ अब्बल साबित हुनुहुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । तरपनि सरकारि तथा प्रशासनिक काममा ढिला सुस्तिले गर्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया