बीपी प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमित पुरुषको मृत्यु

काठमाडौँ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार धरान –१८ का का ७२ वर्षीय पुरुष र धरान १७ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा  मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार धरान ३ का पुरुषमा असोज २९ गते कोरोना पोजेटिभ आएको थियो ।  उनलाई बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक ३ गते भर्ना गरिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको हो । मृतक पुरुष पहिलेदेखि नै दीर्घ रोगी भएको उनले बताए ।

यस्तै धरान १७ का ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो । बीपी  प्रतिष्ठानमा उपचार गराइरहेका उनलाई सोमबार  प्रतिष्ठानकै कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको दिउँसो साढे ३ बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए । ती पुरुषमा उच्च रक्तचापको पनि समस्या रहेको थियो ।

मृतकहरूको नियमानुसार शवको व्यवस्थापन भइरहेको सह प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया