युएनडीपीद्धारा स्वास्थ्य सामाग्री र उपकरण हस्तान्तरण

विराटनगर । युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटर लगायतका समाग्री हस्तान्तरण युएनडीपीले हस्तान्तरण गरेको हो ।

स्वास्थ्य समाग्री सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनबहादुुर चन्दले हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य समाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री घिमिरेले विराटनगर स्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए । मन्त्री घिमिरेले कोभिड अस्पतालमा थप वेड विस्तार सहित १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको बताए ।  विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले महानगरपालिकाले निजि स्तरको सहयोगमा अक्सिजन सहित एकसय वेडको अस्पताल संचालनको तयारी गरिरहेको जानकारी दिए ।

युएनडीपीबाट प्राप्त सामाग्रीबाट पीसीआर परीक्षणमा सहयोग पुग्ने कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दासले बताए ।

प्रतिक्रिया