हार्डवेयर पसलबाट नगद चोरी

सुनसरी । इटहरी उपमहानगरपालिका-६ स्थित हार्डवेयर पसलबाट नगद ७४ हजार रुपैयाँ चोरी गरेको अभियोगमा सोही हार्डवेयरमा काम गर्ने सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने २१ वर्षीय सुरज महलिलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा असोज १४ गते भएको चोरीको घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरजलाई चोरी गरेको रकममध्ये ४२ हजार ७ सय रुपैयाँ र १ थान मोवाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया